विश्वभाषा क्याम्पसमा भर्ना खुल्यो, बिभिन्न भाषा अध्ययन गर्न पाइने

पुष, १ काठमाडौं — विश्वभाषा क्याम्पसले आगामी माघ २२ गतेबाट कक्षा सञ्चालन हुुने गरि नयाँ बिद्यार्थी भर्ना खोलेको छ ।
क्याम्पसले अध्यापन गराउने कुनै एक भाषा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीले पुष १८ गतेदेखि २७ गते भित्र सम्ममा भर्ना आवेदन फारम भरी सक्नुपर्ने जनाएको छ । आवेदन फारम विहान ११ बजे देखि दिउँसो २ बजे सम्म बुझाउन सकिने क्याम्पसले जनाएको छ ।

चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानी, रुसी, इटालियन, कोरियन, अरेबिक, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजी भाषाहरु अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि क्याम्पसले नयाँ विद्यार्थी भर्ना आवेदन खुला गरेको हो ।

लेभल टेष्टको फारम वितरण माघ १५ गते देखि १८ गते सम्म मात्र र परीक्षा माघ २२ गते सञ्चालन हुने क्याम्पसले जनाएको छ ।

Read more: https://www.merostudy.com/admission/17070/?fbclid=IwAR2MbDl8ABQbBw3yMcc0WEzLOzkywfskXQ_3LD8VIpPwg0Vp3yWx0Ya_JPY