काङ्ग्रेसले मुलुुकभर आज ४३ औँ मेलमिलाप दिवस मनाउँदै

 

पुुष, १६ काठमाडौ —नेपाली काङ्ग्रेसले आज मुलुकभर ४३ आ मेलमिलाप दिवस मनाउँदै छ । देशभर आमसभा, गोष्ठी, ¥याली, कोणसभा लगायतका कार्यक्रम गरी मेलमिलाप दिवस मनाउने भएको छ ।

गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकमा समेत शीर्ष नेताले ४३ औँ मेलमिलाप दिवस पार्टी सङ्गठन सुदृढीकरणको नयाँ अभियानका साथ मनाउने घोषणा गरेका थिए । काङ्ग्रेसले दिवसका अवसरमा व्यापक र बृहत् कार्यक्रम गरी मनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।