सत्यसँग कुनै साइनो नभएका समाचार सम्प्रेषण भए : रक्षामन्त्री पोखरेल

पुष, १५ काठमाडौ — उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारको आलोचना गर्दै सत्यसँग कुनै साइनो नभएका समाचार सम्प्रेषण गरेको बताएका छन् ।

आइतबार नेपाल पत्रकार महासंघ, काठमाडौँ शाखाले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनतालाई सही सूचना दिने भन्दा पनि सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर पत्रकारहरुले हुँदै नभएका कुरालाई समाचार बनाउने गरेको उल्लेख गर्दै आपत्ति जनाएका छन् ।

पत्रकारहरुले सही सूचना नदिए कतिपय अवस्थामा देशले गम्भीर नोक्सान व्यहोर्नुपर्ने अवस्था आउने तर्क पनि गरे । पत्रकारहरुले सत्ता पक्ष र प्रतिपक्ष भईरहन जरुरी नभएको पनि बताए ।