नेकपा बैठकमा प्रचण्डको पौने दुई घण्टा लामो जवाफ

पुष, ११ काठमाडौ —नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थायी कमिटीको बुधबारको बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएपछि आजको बैठक सकिएको हो ।

अध्यक्ष प्रचण्डले एक घण्टा ५५ मिनेट बोलपछि आजको बैठक सकिएको थियो । नेकपा स्थायी कमिटीको बैठक बिहीबार दिउँसो ३ बजे बस्ने कार्यक्रम रहेको छ । भोलीको बैठकमा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् । ओलीको जवाफपछि नेकपाको स्थायी कमिटी बैठक सकिनेछ ।