नेपाल आइडल–२ का विजेता रवि ओडलाई मातृशोक

पुुष, ११ काठमाडौ —नेपाल आइडल सिजन( २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको मृत्यु भएको हो ।
पानी तान्ने क्रममा मोटरबाट करेन्ट लागेर घाइते भएकी विष्णा ओडको अस्पताल लैजाने क्रममा मृत्युु भएको हो ।  विष्णा रविकी कान्छी आमा हुन् । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए उनै विष्णाले रविलाई हुर्काएकी थिइन् ।