मेसीलाई पाए गोल्डेन बुट अवार्ड

एजेन्सी —अर्जे्न्टिनाका बार्सिलोना फर्वार्ड लियोनल मेसीले पाँचौँपटक गोल्डेन बुट अवार्ड हात पारेका छन् । मेसीले युरोपको सर्वािधक गोलकर्ताले प्राप्त गर्ने अवार्ड पाँचौँपटक प्राप्त गरेका हुन् ।
मंगलबार एक कार्यक्रमबीच उनलाई अवार्ड हस्तान्तरण गरिएको थियो । अवार्ड हासिल गरेपछिे आफूले कहिले पनि अवार्डबारे नसोचेको बताए । ‘मैले कहिले पनि यो सब उपलब्धिबारे सोचिनँ, मेरो एक मात्र लक्ष्य र सपना भनेको फुटबलर बन्ने थियो ।’ उनले भने ।