सार्वजनिक यातायातमा चोरी र पाकेट मार्ने ७७ जना पक्राउ

 

काठमाडौ, ४ पुष —सार्वजनिक सवारीमा चढेर चोरी र यात्रुको पाकेट मार्ने गरेको आरोपमा महानगरीय प्रहरी परिसरले ७७ जनालाई पक्राउ गरेको छ ।
साार्वजनिक यातायतमा चढेर लुटपाट गर्ने, चोरी गर्ने समुुहलाई प्रहरीले सादा पोषाकमा क्यामेरासहित खटिने प्रहरीले पक्राउ गरेको हो ।

बुुधकार पत्रकार सम्मेलन गर्दै २० दिन सम्म गरेको अपरेशनमा ७७ जना पक्राउ परेको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामाले बताए ।
सार्वजनिक यातायातालाई सुरक्षित बनाउन प्रहरी अभियानकै रुपमा चोरी र पाकेटमारी गर्नेलाई पक्राउ गर्ने अभियान चलाएको हो । पक्राउ परेका सबैलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।