‘सरकारले सन्तोषजनक काम गर्न सकेन’ — राजेन्द्र महतो

काठमाडौ,२५ मंसिर —राष्ट्रिय जनता दलका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् ।
‘वाम गठबन्धनको सरकार गठन भएपछि देशमा प्रशासन भएको महसुस जनताले गर्न सकेका छैनन् ’उनले भने, सरकारको कुनै पनि काम सन्तोषजनक गर्न नसकेपछि सरकारको विरोध गर्नुपरेको उनले प्रष्ट पारे। उनले गुण र दोेषको आधारमा सरकारलाई समर्थन गरेकाले समर्थन र विरोध जारी राख्ने बताए। यद्यपी पार्टी सरकारमा सहभागी नहुने कुरा उनले प्रष्ट पारे।

‘सरकारलाई दिएको समर्थन अहिले फिर्ता लिनेबारे हाम्रो पार्टीले कुनै योजना बनाएको छैन’, उनले भने, ‘अझैसम्म संविधान संशोधनको लागि सरकारले पहल गर्नेमा हामी आशावादी छौं।’