प्रधानमन्त्री निवास अगाडी प्रदर्शन गर्ने पहाडी सहित २५ जना मानवअधिकारकर्मी पक्राउ

काठमाडौ, २४ मंसिर — निर्मला पन्तको न्याय माग्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडी प्रर्दशनमा उत्रिएका २५ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । मानवअधिकार तथा शान्ति समाज नेपालले आयोजना गरेको बिरोध प्रदर्शनमा सहभागी भएका अधिकारकर्मीहरुलाई प्रहरीले ७० औं अन्तर्रा्ष्ट्रिय मानवअधिकार दिवसकै दिन आज नियन्त्रणमा लिएको हो ।
शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कंडेल, सल्लाहकार गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ ।