मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आज

काठमाडौ, २२ मंसिर —चीनको सान्यामा आयोजना गरिएको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ । एक महिनादेखि विभिन्न विधामा भैरहेको प्रतियोगिताका स्पर्धामा १ सय १८ मुलुकका सुन्दरीले सहभागीता जनाएका छन् ।
प्रतियोगितामा सहभागी हुन चीन पुगेकी मिस नेपाल २०१८ श्रृंखला खतिवडाले दुई वटा महत्वपूर्ण स्पर्धामा जित हासिल गर्दै अन्तिम ३० मा स्थान बनाएकी छिन् ।