सिके राउत पुर्पक्षका लागि जेल चलान

काठमाडौ, २० मंसिर —डा. सिके राउत रौतहट जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि जेल चलान भएका छन् । बिहीबार जिल्ला न्यायधीश अम्विकाप्रसाद निरौलाको इजलासले उक्त आदेश दिएको हो। पक्राउ परेका राउतलाई थुनामा राखी पुर्पक्ष गर्ने आदेश भएकाले कारागार चलान गरिएको हो । राज्य विरुद्धको सांगठनिक अपराध कसुर अन्र्तगत पक्राउ गरी अनुशन्धानपछि प्रहरीले उनलाई अदालतमा पेश गरेको थियो।