हिउँदे अधिवेसन अगावै संविधानसँग बाझिएका कानुनको मस्यौदा तयार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं , १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर महिनाभित्र संसदमा संविधानसँग बाझिएका सबै कानुनहरुको मस्यौदा वुझाउन निर्देशन जारी गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा संबिधानसँग बाझिएका कानूनहरुको निमार्ण बारेमा सचिवहरुले गरेको ब्रिफिङमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको हो ।

यता कानून मन्त्रालयले ३३९ वटा कानुनहरुमध्ये १७४ वटा कानून संविधानसँग बाझिएको बताएको छ । मन्त्रालयका अनुसार ३५ वटा कानुनु पुरै नयाँ बनाउनुपर्ने, १३९ वटा कानून परिमार्जन गर्दा हुने र १६५ वटा कानूनलाई केही गर्नु नपर्ने छ ।
हालसम्म तीन वटा नयाँ तयार भएको कानूनको मस्यौदा पास भई गृहमन्त्रालयमै पुगिसकेको छ । अब छिट्टै संसदमा पेस गर्ने अनुमतीका लागि गृह मन्त्रालयले मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ ।

त्यसैगरी संविधान अनुकुल नभएका कानूनहरु फागुन २१ गते भित्र संशोधन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यद्यपी विभिन्न विषयसँग सम्बन्धित कानुन निर्माणको गतिमा भने ढिला सुस्ती देखिएको छ । त्यसका लागि कानून मन्त्रालयले कानून निर्माण र परिमार्जनका सम्बन्धमा सम्बन्धित मन्त्रालयलाई पटक पटक पत्राचार गर्दै आएको छ । अहिलेसम्म १० पटकसम्म पत्राचार गरिसकेको छ ।

उता संसदको हिउँदे अधिवेशन यही पुसको पहिलो साताबाट बस्ने तयारी भईरहेको छ ।