मंसिर १७, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले माथिल्लो तामाकोशीको आयोजनाको काममा ढिलासुस्ती भएको भन्दै ठेकेदारलाई कामको गति बढाउन सात दिने अल्टिमेटम दिनुभएको छ ।
मन्त्री पुनले विद्युत प्राधिकरण र सम्वन्धित आयोजनाका अधिकारीलाई छलफलमा बोलाई काम अघि बढाउने खाका सहित प्रस्तुत हुन निर्देशन दिईको हो ।
४५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोशी माथिल्लो तामाकोशीको काममा भएको ढिलाईप्रति असन्तुष्टि जनाउँदै मन्त्री पुनले समयमा काम अगाडी नवढे ठेक्कापट्टा रज्द गरेर प्रक्रिया अघि बढाउने चेतावनी दिनुभयो ।
मन्त्री पुन यसअघि आयोजनाको प्रगती विवरण वुझ्न प्रधानमन्त्री केपी ओलीसहित दोलखा पुग्नुभएको थियो ।
सिंहदरवारस्थित उर्जामन्त्रालयमा आजै बसेको छलफलमा मन्त्री पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, परियोजनाका प्रमुख श्रेष्ठ, परामर्शदाता कम्पनीका प्रतिनिधी टेक्सम्याको रेलवे इन्जिनियरीङलाई आयोजनामा देखिएको समस्यालाई हल गर्ने विषयमा कुरा गर्नुभएको थियो ।