१८ वर्ष मुनिका डिस्को, पव, दोहोरी साँझ, तथा डान्सबार छिर्न नपाउने

मंसिर १७, काठमाडौं । प्रहरीले १८ बर्षभन्दा मुनिका बालबालिकालाई  डिस्को, पव, दोहोरी साँझ, तथा डान्सबार प्रवेशमा कडाई गर्ने भएको छ ।

प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लाई कार्यन्वयनमा ल्याउन यस्तो व्यवस्था गर्न लागेको हो ।

अब १८ बर्ष भन्दा कम उमेरको काठमाडौंका मनोरञ्जनस्थल डिस्को, पव, दोहोरी साँझ, लाउन्ज बारमो प्रवेश गर्न पाउने छैनन् ।

प्रहरीका अनुसार अब डिस्को, पब, दोहोरी साँझ या लाउन्ज बार जान ईच्छुकले अनिवार्य रुपमा उमेर खुल्ने कागजात सँगै लैजानुपर्ने हुनछ । प्रमाण खुल्ने कागजातका आधारमा सञ्चालकले उनीहरुलाई मनोरञ्जनस्थल छिर्न दिनेछन् ।

कानुन् मिचेर कसैलाई प्रवेश गराएमा सञ्चालकउपर कानुनबमोजिम कारबाही हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताए ।