मेलम्चीको पानी काठमाडौमा कहिले आउनी ? आएपछि छ्याल्लव्याल्लै हुनी ।

मंसिर १६, काठमाडौं ।

मेलम्ची चिरपरिचत नाउ । सिन्धुपाल्चोक जिल्लाको ठाउँ । मेलम्ची गाउँ । खोलाको पनि नाउँ । मेलम्ची खोलासँगै र ईन्द्रावती पनि संगै वगिरहेको छ, मेलम्ची गाउँमा । मेलम्ची खोलाको मुहान, साविकको हेलम्वु गाविस तथा अहिलेको हेलम्वु गाउँपालिकामा पर्दछ ।

झण्डै दुई दशक भन्दा वढि समय भयो, यो खोलाको पानी काठमाडौं ल्याउने भनिएको । मेलम्चीको पानी सुन्दरीजलमा मिसाई काठमांडौ ल्याउन लागिएको हो । तर काठमाण्डौबासीले मेलम्चीको पानी कहिल्ये खान पाउनी । अझै टुंगो छैन ।

आयोजना शुरु भएदेखी नै विवादमा परिरहेको मेलम्ची खानेपानी अब भने छिट्टै कार्यान्वयन हुने संकेत देखिएको छ । आयोजना शुरु हुने ताका स्थानीयबासीहरु आफूूहरुसँग, सल्लाह नगरिएको र आयोजनामा सहभागी नगराईको भन्दै निकै रुष्ट भएका थिए । मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा ताला समेत लगाइएको थियो । तर त्यो विवाद अहिले नदेखिएपनि मेलम्ची खोलाको खानेपानी काठमाडौं ल्याईपु¥याउन वर्षाै लाग्यो । मेलम्चीको मुहान नजिकैबाट सुरु भएको सुरुङ्ग मार्गहरुको निर्माण कार्य लगभग सम्पन्न भई सकेको छ ।

त्यहीभएरै होला प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि एक सार्वजनिक कार्यक्रममा सरकार कहाँ छ, ? मेलम्चीको पानी काठमाडौं आउँछ भन्नेलाई जवाफ दिँदै, ‘केही दिनमा मेलम्ची आउँछ, त्यसले जवाफ दिन्छ सरकार कहाँ छ ।’ भनेर भन्नुभएको । यद्यपी ‘केही दिनमै मेलम्ची आउँछ’ भनेपनि आम जनता उत्साहित भने भईसकेका छैनन् ।

किनकी, काठमाडौंबासीले मेलम्चीको पानी आश गर्दा गर्दै नित्राबास भईसक्यो, वर्षौ भइसक्यो, मेलम्ची खोलाको पानी काठमाडौं आउने आशमा काठमाडौंबासीले हिलाम्मे र धुलाम्मे सडकमा चुपचाप यात्रा गरेको । तर, मेलम्चीको पानी अहिलेसम्म आईपुुगेन । फेरी पनि आम जनाको प्रश्न त्यही छ, केही दिन भनेको अझै कति हो ? हप्ता, एक महिना वा एक वर्ष ? यसको उत्तर स्वयंम सरकारसँग पनि छैन । गएको दशैंमा सुन्दरीजलमा पानी झार्ने योजना विफल भएपछि मेलम्ची खानेपानी आयोजनाले अर्काे मिति तय गर्न सकेको छैन ।

भलै आयोजनाको निर्माण कार्यको गति भने तिब्र छ । खानेपानी मन्त्रालयका एक उच्च अधिकारीको स्रोत अनुसार, यही गतिमा काम हुने हो भने मेलम्ची केही महिनाभित्र काठमाडौं आईपुग्छ । तर करिब ३ महिना सुरुङ र ड्याम साइटको काम अझै बाँकी रहेको छ ।

मेलम्ची आयोजनाको काम बेलैमा काम फत्ते नहुनुका प्रमुख कारण ठेकदारको बाहानाबाजी र ढिलासुस्ती नै हो । सुरुमा मेलम्चीका स्थानीयवासीले पनि आफूलाई सहभागी नगराईको विरोधमा अवरोध सिर्जना गरेपनि काम सुरु भईसकेका पछिल्ला दिनहरुमा ठेक्दार लगाएत कम्पनीको ढिलासुस्ती प्रमुख देखिएका छन् । तर अब विना अवरोध कामको गति वढ्ने हो भने, ३ महिनाभित्र सुन्दरीजलमै पानी झर्न सक्ने मेलम्ची आयोजनाले दावी गरेको छ ।

आयोजनाका अनुसार अहिले सुरुङमार्गमा क्रंक्रिट ढलानसहित फिनिसिङ र ३ किलोमिटर भुइँको लाइनिङको काम मात्रै बाँकी छ । यो काम सकाउन पनि कम्तिमा एक महिना लाग्छ । यसका साथै सुरुङमार्गमा भेन्टिलेसन राख्नका लागि एक ठाउँमा ४ इन्चको प्वाल पारेर त्यसलाई ठूलो बनाउने काम पनि भइरहेको छ । सुरुङमार्गमा पानी हालेपछि हावा बाहिर आउनेगरी ‘एयर भेन्ट’ राख्नुपर्छ । यस्ता एयर भेन्ट तीन ठाउँमा राख्नुपर्छ । त्यसका लागि सुरुङबाट माथिल्लो भागमा पनि प्वाल पार्नुपर्छ र भेन्टिलेसनको संरचना तयार गरिनुपर्छ । त्यसैगरी फिनिसिङको र अडिट टनेलहरु थुन्ने काम पनि सुरु भईसकेको छ । मेलम्ची थुनेर सुरुङमा पानी हाल्नका लागि आवश्यक संरचनाहरु पनि सबै तयार भइसकेका छन् । त्यसैले मेलम्चीको पानी काठमाडौंमा छिटै आउला भन्ने आश गर्न सकिन्छ ।

मेलम्ची आयोजनाका प्रमुख सूर्यराज कँडेलका अनुसार सुरुङभित्रका सबै काम सकिएपछि सुरुङको निर्माण कार्यको गुणस्तर परीक्षणका लागि पनि केही समय लाग्छ । सबै काम सकिएलगत्तै सुरुङमार्गमा पानी पठाउन र सुन्दरीजलमा पानी झर्न केही बेर लाग्दैन । सुन्दरीजलमा पानी झरेको केही समयपछि काठमाडौंबासीले मेलम्चीको पानी खान पाउनेछन् ।

मेलम्ची खोलाको पानी काठमाडौंमा ल्याउन आयोजनाले २६ किलोमिटर सुरुङ ३ भागमा विभाजन गरेर सन् २०१० को जुन महिनादेखि खन्न थालिएको थियो । मेलम्चीको सुरुङ खन्ने कामको जिम्मा, सन २०१४ इटालियन कम्पनीले लिएको थियो । यसअघि २०१३ को सुरुमै सुरुङ निर्माण सक्ने गरी २००९ मा ठेक्का पाएको चिनियाँ ठेकेदारले झन्डै चार वर्षमा जम्मा साढे ६ किलोमिटरमात्र सुरुङ खनेको थियो ।