पर्यटनमन्त्री अधिकारीलाई पोखरामा कालोझण्डा देखाउँदा ६ जना पक्राउ

काठमाडौं, १० मंसिर —संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा कालोझण्डा देखाएका  छन् । उनलाई  कालो झण्डा देखाएको आरोपमा पोखराबाट ६ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट छन् ।  उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको छ  प्रहरीले जनाएको छ ।