साझा यातायातले सुरु गर्यो , महिला हिंसा विरुद्धको अभियान

मंसिर ८ काठमाडौ ।  सार्वजनिक यातायातमा महिला माथी हिंसा वढ्दै गएपछि यस्ता घटनामा कमी ल्याउन साझा यातायातले महिला हिंसा विरुद्धको अभियान सुरु गरेको छ ।
सार्वजनिक यातायातमा महिलालाई पनि ढुक्कले सवारी गर्न पाउने वातावरण तय होस भन्दै साझा यातायातले, महिला हिंसा विरुद्धको १६दिने अभियान अन्तगत यो कार्यको सुरुवात गरेको हो ।
महिला हिंसा विरुद्धको १६दिने अभियान यसरी नै हरेक वर्ष चलाउदै आइएको छ ।
यो अभियान ‘जोन्टा क्लब अफ काठमाडौ’, साझा यातायात, नेपाल ट्राफ्रिक प्रहरी, साभान नेपाल, को संयुक्त प्रयासमा थालिएको हो ।
सार्वजनिक यातायात पनि यसबाट अछुतो नभएकाले यसको अन्त्यका लागि यो सुुरुवात गरिएको साझा यातायातका अध्यक्ष कनक मणि दिक्षितले बताउनुुभयो ।

यसले सार्वजनिक यातायातमा हुुने हिंसाका घटनामा कमी आउनेछ , उहाँले भन्नुुभयो, ‘यो अभियान उपत्यकामा मात्र नभई देशभरि सञ्चालज गर्न आवश्यक छ । ’
त्यस्तै कलाकार मदन कृष्ण श्रेष्ठले आफुु पनि बिगतमा सार्वजनिक यातायातमा यात्रा गर्दा खचाखचको अवस्थामा महिलामाथी हिंसा भएको अनुुभव गरे, अनुुभव सुनाए । उहाँले कुनै पनि महिलाले आफुमाथी हिंसा भएको अनुुभव भएमा सिधै प्रतिकार गर्न सुुझाव दिनुुभयो ।

महानगरीय ट्राफ्रिक प्रहरी प्रमुुख बसन्त पन्तले यो अभियानलाई सशत्त रुपले अगाडी बढाउन आफुले सक्दो प्रयास गर्नुुभयो । ‘यो अभियालाई ट्राफ्रिक प्रहरी तथा नेपाल पुुलिसले पनि साथ दिने छ, उहाँले भन्नभयो, ‘कुुनै पनि क्षेत्रमा महिलाहरुलाई हिंसा भएमा प्रहरी हटलाइन १०० र १०१ मा फोर्न गरे प्रहरीले तत्काल प्रतिक्रिया जनाउनेछ ’।
१६ दिने अभियानमा उपत्यकामा सञ्चालित साझा यातायातका चालक, सहचालकलाई यातायातमा हुुने हिंसा, समस्या र न्युुनिकरणबारे तालीम दिइनेछ । सामाजिक सञ्जाल र बिभिन्न मिडिया मार्फत अभियान सशक्त बनाउने महिला अधिकारकर्मी चाँदनी जोशीले बताइन् । यातायातमा महिलाहरु माथि कुुनै समस्या आएमा ११४५ मा फोन गर्ने व्यवस्था समेत रहेको छ ।