विरोध स्वरुप राष्ट्रपतिका लागि चन्दा संकलन

मंसिर ८, काठमाडौं । राष्टपति विद्या देवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न भन्दै युवाहरुको एक समुहले विरोध स्वरुप चन्दा संकलन सुरु गरेको छ ।
व्यंगात्मक नारा सहितका प्लेकार्डहरु बोकेर एक रुपैयाका दरले पशुपतिमा हरेक व्यत्तिबाट पैसा संकलन गरेको हो ।

राष्टपति विद्या देवी भण्डारीका लागि सरकारले १८ करोडको गाडी खरिद गर्न लागेपछि विरोध स्वरुप सामाजिक सञ्जालहरुमा प्रश्नहरु उठेको र चर्काे आलोचना भएपछि युवायुवतीहरु मिलेर यसरी विरोध गरेका हुन् ।

गरिब मुलुुकको राष्ट्रपतिले १८ करोडको गाडी चढ्ने रहर गर्न नहुने भन्दै, ति युवाहरुको जमातले ‘जापान टोकियो, १८ करोडमा आँखा ठोकियो, समृद्धि हाम्रै पालमा, १८ करोडको झापड, गणतन्त्रको गालामा ’ लगाएतका नाराहरु लेखिएका प्लेकार्ड बोकका थिए ।

२०७२को गोर्खा भूूकम्प पछाडी, भूूकम्प प्रभावितहरु अझै पनि पाल र जस्ताको टहरामा बस्न वाध्य छन्, विकट क्षेत्रका सर्वसाधारणले औषधीमुलो गर्न नपाएर, एम्वुलेन्स नभएर अकालमै ज्यान गुमाउन परिरहेको छ । देशमा रोजगारको अभावमा युवाहरु विदेशिएका छन् । यस्तो वेला १८ करोडको महंगो गाडी चड्न नहुने भन्दै, पहिला जनतालाई सुखी र आर्थिक रुपमा सम्पन्न वनाउन सुुझाव दिएका छन् ।