काठमाडौं परिसरको विशेष टोलीमा काम गर्ने दुई प्रहरी जवानले, २५ किलो सुन लुटेको खुलासा भएको छ । घुमुवा प्रहरी नारायण थापा र राजकुमार माझीले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सुन लिएर आएको गाडीलाई तीन साताअघि काभ्रेको धुलिखेलबाट अपहरण गरी भकुन्डेबेसीमा लगेर सुन लुटेको खुलासा भएको छ । तर लुटिएको सुन अझै बरामद भएको छैन ।