प्रधानमन्त्रीलाई भोलि डिस्चार्ज गर्ने चिकित्सकको तयारी

काठमाडौ,१६ कात्तिक — छातीको संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि (शनिबार) बिहानसम्म डिस्चार्ज गर्न चिकित्सकहरुको तयारी रहेको छ । ओलीको स्वास्थ्य पूर्ण सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन्।
रुघाखोकी, ज्वरो र छातीको संक्रमणपछि प्रधानमन्त्री सोमबार बिहान त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए