कार्तिक १४, विराटनगर— प्रदेश नम्वर १ सरकारको बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश योजना आयोग गठन गरेको छ ।
बैठकले आयोगको उपाध्यक्षमा विराटनगरका सुवोधराज प्याकुरेललाई नियुक्त गरेको छ । प्याकुरेल मावअधिकारका क्षेत्रमा कार्यरत संस्था इन्सेकका केन्द्रीय अध्यक्ष हुन । यसै गरि आयोगको सदस्यमा पूर्ण लक्सम र मीना भण्डारी लाई नियुक्ति गरेको छ ।