लैनचौरमा माइक्रोबसको ठक्करवाट मोटरसाइकल चालकको मृत्यु

कात्तिक १३, काठमाडौं —राजधानीको लैनचौर नजिकै खानी विभाग अगाडिको सडकमा माइक्रोबसको ठक्करवाट एक जनाको मृत्यु भएको छ ।

आज बिहान ६ बजे तिर बा २ ख २०६८ नम्बरको माइक्रो बसले बा ६४ प ९२८४ नम्बरको मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकल चालक नवाकोट बस्ने अन्दाजी ३० वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो ।

माइक्रो बसको ठक्करवाट गम्भीर घाइते भएका तामाङको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । मोटरसाइकल पछाडि वसेका सुरज थापा घाइते छन । उनको पनि ट्रमा सेन्टरमा नै उपचार भइरहेको छ ।

 

दुर्घटनामा संलग्न सवारी साधनसहित माइक्रो चालकलाई महानगरीय प्रहरी वृत दरबारमार्गले नियन्त्रणमा लिएको छ ।