काठमाडौ, २६ भदौ — हरितालिका तीजको अघिल्लो दिन आज हिन्दु महिलाहरुले दर खादैछन् ।
विशेषगरी छोरी चेली तथा दिदीबहिनीलाई घरमा बोलाएर खीर, गुँद, हलुवा, मिठाई, फलफूल लगायत मिष्ठान्न परिकार बनाएर राति अबेरसम्म दर खाने चलन छ । मध्य रातमा दर खाएका महिलाले तीजको मुख्य दिन भोलि निराहार ब्रत बसी, भगवान शिवको पूजा आराधाना तथा नाचगान गर्ने गर्छन् ।
हरितालिका तीजको आज दर खाईदै
