प्रकृती दाहाल —
रक्षा बन्धन तथा जनैपुर्णीमा आज देशभर हिन्दुधर्मालम्बीले मनाए । .खास गरि तराई क्षेत्रमा रक्षा बन्धन भनेर दाजुभाईको हातमा दिदिबहिनीले रक्षाको डोरी बाध्ने चलन छ । यता पहाडी भेगमा भने जनैपुर्णीमाका रुपमा धागो अर्थात डोरो बाध्ने चलन छ । अचेल आधुनिक जीवनशैली, बसाइसराई र प्रविधिको सहज प्रयोगले संस्कृति अन्तर घुलन हुन थालेका छन् । रक्षा बन्धन भनेर छिमेकी भारतको सिमानामा पर्ने कल्चर अहिले पहाडको चुचुरा सम्म पुग्दैछ । पहाडमा डोरो पनि बाध्छन् र युवा पीडिले रक्षा बन्धन पनि चलाउछन् । संस्कृति आदान प्रदान गर्नु नराम्रो पक्कै होइन । तर, त्यस भित्र लुकेका अर्थ बुझेर मनाउने कि भन्ने विषय महत्वपुर्ण हो भन्ने लाग्छ ।
भारतीय समाजसेवी डा. कमला भासिनले अभिनेता अमिर खानले लिएको अन्र्तवातामा भनेकी थिइन्, ‘हाम्रा सम्बन्धबाटै तलमाथिको दायरा छुट्याइएकोछ ।‘ पितृसत्तात्मक संस्कार अनुकुल बनेका हाम्रा संस्कृतिले कतै न कतै विभेदको खाडल खनेका छन् । सिगान पुच्छन नसक्ने भाईले दिदिको रक्षा गर्छु भन्दै रक्षा बन्धन मनाउने चलन एउटा ताजा उदाहरण कमलाले दिएकी थिइन् । पितृसत्ताको गतिलो कारण उनी यसैमा देख्छिन् । कमला भासिनले भनेकै कुरा आत्म समिक्षा गर्ने हो भने साच्चै रक्षा बन्धन कि पितृसत्तात्मक समाजको बन्धन ? प्रश्न उठ्छ । छोरी कमजोर हुन्, छोरा बलिया हुन्छन । छोरी कमजोर जहिले पनि अरुको आश गर्नू पर्छ । छोरा सधै पत्थर झै कठोर भएर जिम्मेबारी बोध गर्नु पर्छ जस्ता भाव पैदा गराउने हाम्रंो समाजको सोचले महिला र पुरुष दुवै पीडित भएका छन् । यदि संस्कृति मनाउने हो भने हाम्रा दिदी र बहिनीलाई यति सक्षम बनाउ कि आफ्नो रक्षा आफै गर्न सकुन । तब मात्र निदोर्ष निर्मला जस्ता दिदी बहिनीले अकालमा ज्यान गुमाउनु पर्दैन ।