काठमाडौं, ७ भदौ— सरकारले गट्खा जस्ता कुलत जन्य पर्दाथ नियन्त्रण गरि स्वथ्य जनता बनाउने हेतु राखेकोछ । तर, यस्तो योजनामा काठमाडौा अवैध गुटखा फ्याक्ट्री सञ्चालन गर्नेहरु कम छैनन । बिहिबार प्रहरीले गुटखा फ्याक्टी अवैध भएको भन्दै शिलबन्दी लगाएकोछ ।
साथै दुुई जना सञ्चालक समेत पक्राउ परेका छन् । काठमाडौको लोलाङ अवैध गुटखा फ्याक्ट्री फेला परेको हो । बाहिर बोडमा शुुभकामना सुुर्ती उद्याग लेखिएपनि भित्र बजारमा चलेका ब्राण्डका गुटखा उत्पादन हुने गरेको अनुुगन गर्दा भेटिएकोछ । लोलाङ होटलमा पत्रकार सम्मेलन मार्फत यसको जानकारी गराइने छ । यसबारे जानकारी दिन अहिले केहीबेरमा लोलाङ हाइटमै पत्रकार सम्मेलन आयोजना गरिएको छ । भारतीय र नेपाली नागरिक मिलेर अवैध गुटखा फ्याक्ट्री सञ्चालन भइरहेको सूचनाको आधारमा सरकारी अनुगमन टोली र प्रहरीले संयुक्तरुपमा छापा मारेको थियो ।