साउन ३, काठमाडौ–एमाले नेतृ सहाना प्रधानको स्वास्थमा सुधार आएको छ । बल्खुस्थित बयोधा अस्पतालमा भर्ना हुनु भएकी नेतृ सहानाको स्वास्थमा क्रमश सुधार हुदै गएको हो । निमोनिया र मस्तिष्कघातको एकैपटक संक्रमण भएपछि प्रधान ४२ दिनदेखि अस्पतालमै हुनुहुन्छ । अस्पतालका मेडिकल डाईरेक्टर श्याम बहादुर पाण्डेले नेृत प्रधानको स्वास्थ विरामी हुनुपुर्वको अवस्थामा आएको बताउनुभयो । नेतृ प्रधानले खाना खान, श्वास फेर्न केही अप्ठेरो परेको छ । उहा हिडडुल गर्न नसक्ने, बोल्न नसक्ने र चिन्न नसक्ने पुरानो समस्या यथावत रहेपनि विस्तारै सुधारका संकेत देखिएको चिकित्सकको भनाई छ । यसैबीच प्रधानको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।