अलैंची बिरुवाबाट करिब ६५ लाख आम्दानी

काठमाडौ, २१ साउन —लमजुङमा यस वर्ष १२ लाख ९९ हजार ५ सय अलैँचीको बिरुवा बिक्री भएको छ । यो विक्री जिल्लाभित्र र बाहिर गरी भएको नेपाल अलैची व्यवसायी महासंघले जनाएको छ ।
१२ लाख ९९ हजार ५ सय अलैंची विरुवाबाट ६४ लाख ९७ हजार ५ सय आम्दानी भएको छ । जिल्लामा २० लाख भन्दा बढी विरुवा उत्पादन भएको थियो । जिल्लाभर घरेलु तथा साना उद्योगमा फर्ममा दर्ता भएको नर्सरीबाट उत्पादन गरिएका २० लाख विरुवा र दर्ता नभएका ५ लाख अलैची विरुवा उत्पादन छ । अहिलेसम्म जम्मा १२ लाख ९९ हजार विरुवा विक्री भयो तामाङले भने । अझै १२ लाख विरुवा विक्री भएको छैन, विक्री नभएका विरुवा अर्को वर्ष विक्री हुन्छ ।