काठमाडौ, १४ साउन — प्रधानन्यायाधिसमा सिफारिस दीपकराज जोशीकोबारे निर्णय गर्न बसेको संसदीय सुनुवाई समितिको बैठक सोमबार पनि निर्णयमा पुग्न सकेन । अर्को बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । समितिका सत्ता पक्ष र विपक्षी सांसदहरुको राय बाझिएपछि बैठक सारिएको हो ।