प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्, ‘डा.केसीको नाममा नेपाली कांग्रेसले राजनीतिको रोटी तताउन खोज्दैछ’

 

काठमडौं, ८ साउन—डा. गोविन्द केसीको अनशनको बाहाना पारेर अरुले नै राजनीति गरेको आरोप प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । धुम्बाराहीस्थित नेकपा केन्द्रीय कार्यालयमा आयोजीत कार्यक्रममा बोल्दै उनले डा. केसीको अनशनमा नेपाली कांग्रेसले रोल खेलेको बताए । उनले सरकारले उपचार गर्न खोज्दा पनि बिचमा रोक लगाएको र स्वास्थ्य जस्तो जटिल विषयमा गम्भीरता नलिई उल्टै समस्या बल्झाउन चाहेको बताए । उनले भने, ‘डा.केसीको नाममा नेपाली कागं्रेसले राजनीतिको रोटी तताउन खोज्दैछ ।’
प्रधानमन्त्री ओलीले जनताको हित र सुशासनको पक्षमा कुनै पनि प्रतिपक्षीले आफुलाई असफल बनाउन नसक्ने दावी गरेका छन् ।