डा. केसी र सरकारबीच वार्ता सुरु

काठमाडौं,८ साउन— काठमाडौं सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच संवाद पुनः सुरु भएको छ ।
वार्ता नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले वार्ताका पहल गरेका थिए । नेम्वाङको पहलपछि सरकारी र डा. केसीको वार्ता टोलीबीच औपचारिक सम्वाद सुरु भएको छ ।
डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग संवाद सुरु भएको हो ।