विद्युतको महसुल बढाउने भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार

काठमाडौ, २४ असार —विद्युतको महसुल बढाउने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । भारतको उत्तर बिहार विद्युत् वितरण कम्पनीले ११, ३३ र १ सय ३२ केभी प्रसारणलाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले आयात गरिरहेको विद्युत्को महसुल १५ देखि २० प्रतिशत बढाउने प्रस्ताव गरेको हो ।
भारतको नयाँदिल्लीमा बिहीबार र शुक्रबार भएको विद्युत् आदान–प्रदान समिति (पावर एक्सचेन्च)को १२औँ बैठकमा प्राधिकरणले विद्युत् मूल्य बढाउने भारतीय प्रःतावलाई अस्वीकार गरेको हो । बैठकको नेतृत्व प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतका तर्फबाट केन्द्रीय विद्युत् प्राधिकरणका सदःय प्रकाश मास्केले गरेका थिए ।
प्राधिकरणले अहिले १ सय ३२, ३३ र ११ केभी प्रसारणलाइनबाट आयातीत विद्युत् प्रतियुनिट भारतीय रुपैयाँ क्रमशः ५ दशमलव ५५ (८ दशमलव ८८ नेरु), ६ (९ दशमलव ६ नेरु) र ६ दशमलव ४५ (१० दशमलव ३२ नेरु) तिरिरहेको छ ।