काठमाडौ, २१ असार— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा विधानमा देखिएका त्रुटी सच्याउने विषयमा छलफल हुँदैछ।
दिउँसो ३ बजेका लागि बोलाइएको स्थायी समिति बैठक एक घण्टा ढिलागरी ४ बजे सुरु भएको हो। बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले विधानका विवाद समाधानका लागि स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार बिहीबार स्थायी समितिको बैठक बोलाइएको हो।