झरिले उडान ठप्प , पर्यटक मारमा

काठमाडौ, १९ असार, — भारी बर्षाका कारण सोमबार सुर्खेत बिमानस्थल ठप्प रह्यो । सुुर्खेतबाट काठमाडौ,कर्णालीका हिमाली क्षेत्रमा जाने कुुनै पनि उडान हुुन सकेनन । हुुम्लामा आइतबार देखिको अविरल बर्षाका कारणले उडान नहुदा भारतीय पर्यटक सिमकोटमै रहेका छन । करिब पाँच सय भारतीय पर्यटक सिमकोटको होटलमा जहाजको प्रतिक्षामा रहेका छन ।