झरीले पहाडमा पहिरो, तराईमा डुबान

काठमाडौ, १९ असार —आइतबार बेलुकादेखिको अबिरल बर्षापछि आएको बाढी र पहिरोमा परी विभिन्न जिल्लामा १२ को ज्यान गएको छ । दुई वेपत्ता भएका छन् । कयौं बस्ती डुवानमा परेका छन । पहाडी क्षेत्रमा पहिरोबाट कतिपय परिवार विस्थापित भएका छन । सोमबार दिनभर बाढी र पहिरोका कारण कतिपय सडकमा यातायात अवरुद्ध भयो । वर्षाका कारण तराई र पहाडी क्षेत्रका ८ जिल्ला बढी प्रभावित भएको गृहमन्त्रालयले जनाएको छ ।