मंगलबार सम्म अविरल वर्षा हुने मौसमविद्को दावी

काठमाडौं, १८ असार—मंगलबार सम्म भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएकोछ । मुलुकका विभिन्न भागमा मंगलबार सम्म भारी वर्षा हुने जनाएकोछ ।
मौसमविद बरुण पौडेललका अनुसार १३ देखि देशैभरि मनसुन सक्रिय हुने र आइतबारदेखि भारी वर्षा सुरु भएको सुनाए । पश्चिम क्षेत्रा भने सोमबार रातीदेखि वर्षा रोकिने बताए । धेरै जसो नदीमा जलसतह बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले जनाएकोछ ।