बाढीले नवलपरासीमा ७० घर परिवार विस्थापित

काठमाडौ,१८ असार —गएरातिदेखि परेको वर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिकाका ७० घर परिवार विस्थापित भएका छन् ।

बर्दघाट नगरपालिका ३ लगुनाहाको विसई टोलमा बाढीको कारण घरभित्रको अन्नपात, खाद्यान्न, लत्ताकपडा, हास, कुखुरासमेत बगाएको छ ।

डुवानमा परेकाहरुलाई इलाका प्रहरी कार्यालय बर्दघाटको टोली र सशस्त्र प्रहरी बल वेसक्याम्प सेमरीको टोलीले उद्दार गरी अग्लो ठाउँमा रहेको महिला समूहको भवनमा राखिएको छ । बाढीको कारण के कत्ति क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेकोे इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।