एजेन्सी — भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । ११ शव मध्ये १० जनाको आँखामा पट्टी बाँधेर झुण्डिएको र १ जनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको हो ।
मृतकहरु एकै परिवारका सदस्य रहेको र जसमा ७ जना महिलासहित ४ जना पुरुषको शव रहेको बताइएको छ। ११ जना मृतक मध्ये ३ जना ’टीनएजर्स’ र एक ७५ वर्षीया वृद्धा रहेका छन्। प्रहरीले छिमेकीहरुसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।