मिठाई पसलमा आगलागी हुुदा करिब पाँच लाखको क्षति

काठमाडौ, १७ असार— महोत्तरीको मनरा नगरपालिका–७ सरपल्लो बजारमा एक मिठाई पसलमा गत साँझ आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।  गत साँझ सरपल्लो बजारमा अवस्थित तलेश्वर साहको मिठाई पसलमा अचानक भीषण आगलागी भएको थियो ।
आगलगीमा परी मिठाई पसलभित्र रहेको मिठाई, नगद, भाँडाकुडा, फर्निचर र मिठाई पसलसमेत जलेर रु पाँच लाख मूल्य बराबरको क्षति भएको पीडित मिठाई साहले बताए ।