जङ्गफुडको लतमा विद्यार्थी

प्रकृति दाहाल
काठमाडौ —छिटोे र सजिलो हुुने भएकाले पछिल्लो समय जङ्घफुुडको लोकप्रियता बढी रहेको छ । बिद्यालयहरुका विद्यार्थीहरुले पनि खाजाको रुपमा जङ्गफुड बढी खाने गरेका छन । जङ्गफुड नै बढी रुचाउने गरेका छन । एक त अभिभावकको व्यस्त समय त्यसमा पनि बच्चाहरुले जङ्गफुुड मनपराउने कारणले पनि यसले सहज बनाएको छ । तर दिनहु यस्ता खाने कुराले हाम्रो स्वास्थलाई कस्तो असर पार्दछ भन्ने कुुरा बारे भने हामी अनबिज्ञ छौ । डा.अरुणा उप्रेति जङ्गफुड खादै नखान सुुझाव दिन्छिन । बिगत ३० बर्ष देखि जङ्गफुड खान छोडेको अनुभव सुुनाउदै उनले भनिन ‘तयारी खानेकुराहरुले हाम्रो स्वास्थमा नराम्रो असर पार्छ । दिनहु यसको प्रयोगले हामी शारीरीक तथा मानसिक रुपमा कमजोर हुुदै जान्छौ । ‘बच्चाहरुलाई त यस्ता खानेकुुरा बाट टाढै राख्नु’ उनले भनिन । शुक्रबार टंगाल माविमा एकता फाउन्डेसन नेपाल   र काठमाडौ महानगरपालिका वडा नम्वर ५ द्धारा आयोजीत कार्यक्रम ‘किशोरा किशोरी जिवनउपयोगी शिक्षा ’अन्तरक्रियात्मक कार्यक्रममा ९ र १० कक्षाका बिद्यार्थीहरुले पनि जङ्गफुड बढी खाने गरेको पाइयो । विद्यार्थी सुम्निमा लिम्बुले हामी र अभिभावकमा खाजाको लागि पैसा खर्च गर्ने बानी भइसकेको बताइन । ‘यस्ता खानेकुुराले हाम्रो स्वास्थमा असर गर्दछ भन्ने थाहा हुुदा हुुदै पनि यसको विकल्प अरु छैन जस्तो लाग्छ’ ज्योति कार्कीले भनीन । बिद्यालयको क्यान्टिमा पनि यस्तै खानेकुरा पाइन्छ अनी नखाएर के गर्ने ? सुदिप शाहीले भने । तयारी खानेकुराले बच्चाको स्वास्थमा पर्ने असरबारे अभिभावक, शिक्षक सचेत हुनुपर्ने फाउन्डेसनका अध्यक्ष रामहरि शाही समुन्द्रीले बताए । कार्यक्रममा वडा अध्यक्ष रमेश डंगोल, वडा सदस्य मिना सिंह र उत्तम शर्माको उपस्थिति रहेको थियो ।

हेर्नुुहोस फोटोहरु