१० लाख ठगीको आरोपमा पक्राउ

 

रुपन्देही, १४ असार—प्रहरीसंग सेटिङ्ग मिलाएको भन्दै दश लाख रुपैया लिएको एक जना व्यक्तिलाई रुपन्देहीमा प्रहरीले पक्राउ गरेकोछ । प्रहरी नियन्त्रणमा रहेको व्यक्ति छुटाउने सर्तमा उनले यस्तो रुपैया लिएका थिए ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका अनुसार, नवलपरासीको रामग्राम नगरपालिका १३ घर भई काठमाडौ बस्दै आएका ४८ वर्षीय राजेश गौडलाई प्रहरी प्रक्राउ गरेका हुन् । उनलाई ठगी गरेको अभियोगमा रुपन्देही अदालतले कारबाही गर्नेभएकोछ ।