मौसमविद्धका अनुसार तीन दिन सम्म लगातार वर्षा हुने

काठमाडौं, १४ असोज—जल तथा मौसम पूर्वानुमान मशाखाका अनुसार आजदेखि मुलुकभर मनसुन फैलिएको जनाएकोछ । आज देखि तीन दिन सम्म लगातार वर्षा हुने महाशाखादे जनाएको छ ।
पूर्वी भेगबाट नेपाल भित्रिएको मनुसन आजदेखि मुलुकभर फैलिने मौसमविद्ध वरुण पौडेलले बताएका छन् । आगामी ३ दिन सम्म मुलुकका अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताए । साथै पूर्व, मध्य र पश्चिमी गरि तीन वटै क्षेत्रमा तीन दिन सम्म बर्षा हुने उनले सुनाए ।