मन्त्रालयका अनुगमन शाखा साउनदेखि सक्रिय बनाउने

काठमाडौ, १४ असार— मन्त्रालयबाट हुने गरेका कामको प्रगतिबारे अनुगमन गर्ने जिम्मेवारी लिएका अधिकांश अनुगमन महाशाखा निष्क्रिय छन । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले आगामी साउनदेखि त्यस्ता महाशाखालाई सक्रिय बनाउने तयारी गरेको छ ।

अनुगमनका लागि गठित महाशााखाको नेतृत्व सहसचिव र शाखा रहेको ठाउँमा उपसचिवले गर्ने गरेका छन । संघीय मामिला तथा स्थानीय विकास, अर्थ, आपूर्तिलगायतका मन्त्रालयमा अनुगमन महाशाखा छन । प्रत्येक मन्त्रालयमा अुनगमनका लागि भनेर बजेट छुट्टयाइएको हुन्छ । सरकारले ३१ वटा मन्त्रालयको सख्या कटौती गरी २० वटामा झारेपछि सबै मन्त्रालयमा अनुगमन शाखा गठन गरिएका छन । ३१ मन्त्रालय हुँदा केही मन्त्रालयमा अनुगमन शाखा थिएन । आजको नागरिक  प्रत्रिकामा छापिएको छ ।