एजेन्सी —सन् १९८० को दशकमा आइपुग्दा आर्थिक हिसाबमा चीन विशाल प्रयोगशालाजस्तो बन्न पुगेको थियोचीनको समाज, आर्थतन्त्र र राजनीतिक विकास तथा परिवर्तनका लागि १९७० को दशकको मध्यलाई महत्वपूर्ण मानिन्छ । यस अवधिमा चीनले नाटकीय परिवर्तन हासिल गरेको थियो । सन् १९७७ मा चीनले केन्द्रीय योजना तथा राज्य नियन्त्रित आर्थिक मोडल कार्यान्वयनमा जोड दियो ।
सन् १९४९ मा स्थापित जनताको गणतन्त्र चीनले यस्ता मोडल अघि सारेको थियो । यस्ता मोडल यथावत् रहने आँकलन त्यो समय गरिएको थियो । सन् १९७९ मा मात्र विदेशी पुँजी भित्र्याउन अनुमति दिने ‘जोइन्ट भेन्चर’ कानुनलाई चीनले पारित ग९यो । यसैबीच, सन् १९८० मा बनाइएका सेन्जेनजस्ता आर्थिक क्षेत्रको स्थापनाले चीनको विकासको गतिलाई बढावा दियो ।
‘फोरकास्टिङ चाइनाज फ्युचर स् डोमिनेन्स अर कोल्याप्स’ नामक प्रसिद्ध पुस्तक ९सन् २०१५० का लेखक रोजर इर्भानका अनुसार चीन भविष्यमा कस्तो हुनेछ भन्नेमा कुनै पनि पश्चिमा अर्थविदले आँकलन गर्न सकेका थिएनन् । यसैगरी, चीनमा धेरै सुधारवादी कदम चालिए ।
घरायसी जिम्मेवारी प्रणाली तथा ग्रामीण सुधारका कार्यक्रमलाई जोडतोडसाथ अघि सारियो । घरेलु सिर्जनशीलतामा आधारित भएर यस्ता कार्यक्रम ल्याइएका थिए । यही सिद्धान्तमा रहेर सहरी र ग्रामीण उद्यम विकास गरिए ।
सन् १९८० को दशकमा आइपुग्दा आर्थिक हिसाबमा चीन विशाल प्रयोगशालाजस्तो बन्न पुगेको थियो । यही समयमा चीनले व्यवहारवाद र वैज्ञानिक पद्धतिलाई अँगाल्दै सैद्धान्तिक पद्धतिलाई निरुत्साहित ग¥यो । अभ्यास र व्यावहारिकतालाई महत्व दिन थालियो ।
‘तथ्यहरूबाट सत्यता खोजिनुपर्छ’ भन्ने भनाइले त्यो समय प्रसिद्धि हासिल गरेको थियो । यसर्थ, स्वघोषित आधारहीन अभिव्यक्ति तथा अमूर्त कदमले वास्तविकता र सत्य निर्माण गर्न सक्दैन भन्ने घारणाले ठाउँ पायो ।
एकताका चीनको अवस्था निकै जटिल बनेको थियो । चीनको ग्रामीण अर्थतन्त्र र सहरी अनि तटीय क्षेत्र तथा पश्चिमी क्षेत्रको अर्थतन्त्रबीच ठूलो खाडल थियो । यसकारण, चीनको विकासका लागि अत्यन्तै लचक कार्यविधिको आवश्यकता खड्कियो ।
यस्तोमा घरेलु विचार र ज्ञानलाई पनि सँगसँगै लिएर जानुपर्ने आवश्यकता थियो । सन् १९७८ मा यस्तो विचारले स्थान पाएको थियो ।
यही समयमा चीनले आधुनिकीकरणका चार क्षेत्रको सुधारको आवश्यकता महसुस ग९यो । यसका लागि कृषि, उद्योग, राष्ट्रिय सुरक्षा र विज्ञान तथा प्रविधिजस्ता चार महत्वपूर्ण क्षेत्रमा व्यापक सुधार ल्याउने नीति तथा योजना चीनले अघि सा९यो ।
त्यसताका कृषिले ठूलो चिनियाँ जनसंख्यालाई रोजगारी दिएको थियो । चीनको कुल गार्हस्थ उत्पादनमा कृषिले एकतिहाइभन्दा बढी हिस्सा ओगटेको थियो । यसैगरी, चीनले प्रविधिको क्षेत्रमा व्यापक विकास गर्नुका साथै शिक्षा क्षेत्रमा पनि सुधारको आवश्यकता रहेको महसुस ग९यो ।
अहिले यिनै सुधारका क्षेत्रमा चीनले व्यापक सफलता हासिल गरेको छ । सन् १९८० देखि २०१० का अधिकांश अवधिमा चीनले दुई अंकको आर्थिक विकास दर कायम गरेको थियो । अहिले सन् २०१८ मा आइपुग्दा पनि चीनको सुधार प्रक्रिया निरन्तर जारी छ ।
लेखक लन्डनस्थित किंग्स कलेजमातहत लाउ चाइना इन्स्टिच्युटका निर्देशक हुन् । उनी चिनियाँ मामिलाका प्राध्यापक पनि हुन् ।