ईश्वर पोखरेलसहित दर्जन नेताले गरेनन् पार्टी एकतामा हस्ताक्षर

असार ८, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेल र केही प्रभावशाली नेतासहित १ दर्जन नेताले हस्ताक्षर नगरेको खबर नयाँ पत्रिका दैनिकले लेखेको छ ।

पार्टी एकता भएको एक महिना बितिसक्दा पनि पोखरेलसहित केही प्रभावशाली नेताले असन्तुष्टि जनाउँदै हस्ताक्षर नगरेका हुन् । केही सदस्यको हस्ताक्षर भने विदेश तथा काठमाडौंबाहिर रहेका कारण छुटे्को छ ।

एकताजस्तो ऐतिहासिक निर्णयमा हस्ताक्षर छुटाएको भन्दै पोखरेलसहितका नेताहरुलाई प्रक्रिया पूरा गर्न सुझाउँदै पार्टी केन्द्रीय कार्यालयले ताकेता गरिरहेको छ ।

यसरी हस्ताक्षर नगर्नेमा अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा, अमिक शेरचन लगायत छन् । शाक्यले झुक्एिर हस्ताक्षर नगरेको प्रतिक्रिया दिएकी छन् भने बोहोरा आमन्त्रित सदस्य मात्रै बनाएको असन्तुष्ट छन् । शेरचनले पनि केही निर्णयमा असहमति भएकाले आफूले हस्ताक्षर नगरेको प्रतिक्रिया दिएका छन् ।