असार ३२, काठमाडौ– राजधानीमा जारी तेस्रो ग्राा पि सिनयिर पुरुष – महिला तथा जुनियर पुरुष भारत्तोलन प्रतियोगिता आज सकिने भएको छ । हिजो देखि सुरु भएको प्रतियोगितामा ५३ पुरुष र १० महिला गरी ६३ खेलाडीले सिनियरमा १५ वटा स्वर्ण पदकमा प्रतिस्पर्धा गरिरहेका छन् । यसैगरी जुनियरमा ९ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । हिजो देखि सुरु भएको प्रतियोगितामा बााकेका प्रकाश केसीले दुई वटा राष्ट्रिय किर्तिमान कायम गरेका छन् । जुनियर पुरुषको ५६ केजीतर्फ क्लिन एन्ड जर्कमा १ सय १० र कुलमा १ सय ९३ भार उचाल्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरे । स्न्याचतर्फ प्रकाशले ८३ केजी वजन उठाएका थिए । यसअिघ प्रकाशको नाममा क्लिन एन्ड जर्कमा १ सय ७ र कुलमा १ सय ९२ को कीर्तिमान थियो । उक्त कीर्तिमान उनले प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय भारोत्तोलनमा बनाएका थिए ।