सिद्धार्थ रागमार्गको विकल्पमा वाइपास बनाइने

बुटवल, ४ असार—बुटवलको सिद्धबाबा राजमार्ग पहिरोले ग्रस्त छ । लामो समयदेखि त्यहिका बासिन्दाले दुख पाइरहेका छन् । अब भने विकल्पका रुपमा वाइपास सडक बन्ने भएकोछ ।
हिउदमा समेत पहिरो खस्ने, जीउधनको नोक्सान हुने र सडक अवरुद्ध हुनेक्रम बढेकोछ । केन्द्रिय सरकारले सिद्धबाबा क्षेत्रमा सुरुङमार्गको अध्ययन र निर्माणका लागि बजेट विनियोजन गरेको बेला प्रदेश सरकारले समेत प्राथमिकता दिएर बजेट छुट्टाएको हो ।