ट्रेड युनियनको अध्यक्षमा पुष्कर आचार्य निवार्चित

काठमाडौं, २ असार —कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियनको छैंटो महाधिवेशनमा पुष्कर आचार्य अध्यक्षमा निर्वा्चित भएका छन । मंगलबार देखि काठमाडौंमाजारी महाधिवेशनमा भएको निर्वाचनमा प्रतिद्धन्द्धी खिलानाथ दाहाललाई पछि पार्दै ८ सय १८ मत ल्याएर आचार्य निवार्चित भएका हुन ।

दाहालले ५ सय ३३ मत मात्र ल्याए । १७ पदाधिकारी सहित सबै पदमा आचार्य प्यानल विजयी भएको छ । आचार्य पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका हुन् भने दाहाल पार्टी सभापति देउवाका पक्षधर हुन् ।