बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिदै

काठमाडौ, २० जेठ —प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको राजश्व र व्ययमाथिको सैद्धान्तिक छलफल आज सकिदैछ । गत बिहिबार देखि सुरु भएको छलफल तेसो्र दिन आज सकिने भएको छ । बिहान ११ बजेका लागि बोलाईएको प्रतिनिधिसभाको बैठकमा बोल्न बाँकी सांसदहरुले धारणा राखेपछि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिने कार्यसूची छ । यसअघिका छलफलमा भाग लिदै सांसदहरुले बजेटले संघीयतालाई उपेक्षा गरेको, वाम गठबन्धनको घोषणा पत्र अनुसार आउन नसकेको, जनता झुक्याउने काम मात्र भएको भन्दै आलोचना गरेका थिए । सामाजिक सुरक्षा तर्फ सरकारले पर्याप्त रकम नछुट्याएको, सांसदका लागि घुमाउरो शैलीमा ४ करोड रुपैयाँ विनियोजन गरेको, बजेटको ७० प्रतिशत हिस्सा आफैले राखेको भन्दै सत्तापक्षकै सांसदबाट बजेटको आलोचना भएको छ । साभार इ कान्तिपुर