ट्रेसमी फेसन रन–वेमा दलजितका क्रियशन(फोटोफिचर)

काठमाडौं –साँझ ढल्दैगर्दा फेसन पारखीहरु तिल्मिदै थिए । जहाँ छिपिँदो रातलाई अन्तर्राष्ट्रियस्तरको ‘फेसन शो’ले स्वागत गर्दैथियो । छिनभरमै म्युजिक, फेसन र सेलिबे्रटीको भीडले माहोल रंगीन बन्यो । ताहाचलस्थित पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’ शुक्रबार फेसन हब बन्यो ।

‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८’नाम दिइएको उक्त अन्तर्राष्ट्रियस्तरको फेसन शोमा दुई दर्जन व्यवसायिक मोडल तथा कलाकार रन–वे नाप्न तयार हुँदैथिए । एकातिर लबिमा भने फेसन पारखीहरु कक्टेलमा रमाउँन थालिसकेका थिए । बियर र ह्विस्कीको ‘फेसन कन्ट्रास्ट’ गज्जबको देखिन्थ्यो । एकपछि अर्को गरी मोडलहरुले ३ ‘सिक्वेन्स’मा बिभिन्न आकर्षक पहिरनहरु भएका थिए ।

नेक्स्ट मोडल नेपालको इभेन्ट व्यवस्थापनमा आयोजना भएको ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन २०१८’को उद्देश्य नेपाली कपडाको प्रवद्र्धन तथा नेपाली पहिरनलाई विश्वसामु पु¥याउन हो । फेसन शो अहिले सम्मकै उत्कृष्ट भएको इभेन्ट व्यवस्थापन नेक्स्ट मोडल नेपालकी यतना पाण्डेले बताइन् ।