बझाङको सुर्मामा यार्सागुम्बा संकलन सुरु, दर्जनौ विद्यालय वन्द

वैशाख ३१, काठमाडौ— बझाङको सुर्मा गाउँपालिकाकामा यार्सागुम्बा संकलन गर्ने सिजन सुरु भएको छ । सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएकोमा हिजो देखि खुल्ला गरेको छ । स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनाँै विद्यालय बन्द भएका छन् ।
बालकदेखि वृद्धसम्म यार्सा संकलन गर्न जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको दौलीचौरमा विकास व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बताउनुभयो । यार्सा संकलनको समयमा झण्डै तीन महिना जति विद्यालय बन्द हुने उहाँले बताउनुभयो ।
त्यस क्षेत्रका बासिन्दाको आम्दानीको प्रमुख स्रोत यार्सा संकलन रहेको छ । यस क्षेत्रमा यार्सा संकलन गर्नका लागि सुर्मा गाउँपालिकाका साथै जिल्लाभरिका स्थानीय बासिन्दा यार्सा संकलनमा गर्न जाने गर्दछन् ।